४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा



२७ साउन ०७८, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएका भट्टराईले अन्तत: राजीनामा दिएका हुन् ।

‘जनताविरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु,’ राजीनामा पत्रमा भट्टराईले भनेका छन् ।

हेर्नुहोस्, राजीनामा पत्र :

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : १४ बजे