१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण



२७ साउन ०७८, काठमाडौं । नेपालमा बुधबार थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार देशभर ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। कुल १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। यीसहित हालसम्म १० हजार १८० जनाको मृत्यु भएको छ।

यसै अवधिमा एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७५ हजार ८३ जना कोरोनामुक्त भएका छन्। बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।