२७ साउन ०७८, काठमाडौं । नेपालमा बुधबार थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार देशभर ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। कुल १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। यीसहित हालसम्म १० हजार १८० जनाको मृत्यु भएको छ।
यसै अवधिमा एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७५ हजार ८३ जना कोरोनामुक्त भएका छन्। बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया