८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हलमा बन्देजपछि इन्टरनेटमा भाइरल बन्दै फिल्महरु



२ साउन ०७८, काठमाडौं (न्युज कारखाना)। कोरोना भाइरसको कारण लकडाउनपछी ओटीटी प्लेटफर्मले लोकप्रियता पायो । विश्वभर मानिस आ–आफ्नै घरमा रहदा मनोरञ्जनको लागि डिजिटल प्लेटफर्म प्रयोग भए । तर , केहि समय अगाडीसम्म अवस्था फरक थिए । दर्शक फिल्म हेर्न प्राय हलमै जाने गरेका थिए । यस समयमा पनि सार्वजनिक प्रदर्शनको लागि अनुमति नपाएका केहि फिल्म डिजिटल प्लेटफर्ममा लोकप्रिय भएका थिए ।
यी फिल्महरुलाई त्यसका दृश्य या संदेशले समाजमा बिकृति फैल्याउने कारण देखाउदै प्रदर्शनमा रोक लगाइएको थियो । हामी यहाँ केहि यस्तै फिल्मको बारेमा चर्चा गर्दैछौ, जसलाई सार्वजनिक प्रदर्शनको त अधिकार दिईएन तर पनि इन्टरनेटमा भने सर्वाधिक हेरियो ।
फिफ्टी शेड्स अफ ग्रे
सन २०१५ मा रिलिज भएको फिल्म हो ‘फिफ्टी शेड्स अफ ग्रे’ । यसफिल्मलाई इन्डियासँगै धेरै देशमा रिलिज गर्ने अनुमति दिईएन । डकोटा जॉनसन र जेमी डोरनन अभिनित फिल्ममा यी दुइको अन्तरग दृष्यको कारण रिलिज गर्न रोकिएको थियो । फिल्ममा यी दुइको बोल्ड सिन काट्दा फिल्मलाई असर पर्ने र नकाट्दा देखाउन नमिल्ने भएकोले पनि फिल्म धेरै देशमा रिलिज हुन् सकेन । यद्दपी ओटीटी प्लेटफर्ममा यसले राम्रो दर्शक पायो ।
नेबर्स
सन २०१४ मा रिलिज भएको फिल्म ‘नेबर्स’ ले पनि राम्रै चर्चा पायो । निकोलस स्टोलर स्टारर यसफिल्ममा मिडल एज कपलको स्टोरी देखाइएको छ । फिल्ममा देखाइएको रोमान्सको दृश्यको कारण फिल्म निकै चर्चामा आएको थियो ।
अमेरिकन पाई सीरीज
सन् १९९९ बाट २०१२ रिलिज भएको अमेरिकन पाईको सिरिजले पनि राम्रै चर्चा पायो । स्कुल र कलेजको विद्यार्थीहरुको कथा देखाईएको यस फिल्ममा पनि अन्तरंग दृश्यलाई धेरै नै स्पेस दिईएको थियो । यसैले गर्दा पनि यो फिल्मलाई पनि हलमा प्रदर्शन गर्न रोक लगाइयो । यद्दपी यसले डिजिटल प्लेटफर्म मार्फत निर्माण पक्षलाई राम्रो मुनाफा दियो ।
अमेरिकन ब्यूटी
सन १९९९ मा रिलिज भएको फिल्म ‘अमेरिकन ब्युटी’ पनि निकै चर्चामा आएको फिल्म हो । साम मेन्देसको निर्देशनमा तयार यसफिल्ममा एक व्यक्तिको अन्तरंग सोचलाई देखाउन खोजिएको छ । यसैले गर्दा फिल्ममा हलमा रिलिज गर्न दिईएन ।
सेक्स टेप
सन् २०१५ मा रिलिज भएको फिल्म ‘सेक्स टेप’ ले पनि अन्तरंग दृश्यका कारण निकै चर्चा पायो । एक विवाहित कपलले आफ्नो सेक्सलाई टेपमा क्याप्चर गर्छन र त्यो हराउछ । त्यसपछि आउने परिस्थिति फिल्ममा देखाइएको छ । फिल्ममा कैमरन डियाज और जेसन सेजल मुख्य भूमिकामा छन ।
फ्रेन्ड्स विद बेनिफिट्स
सन् २०११ मा रिलिज भएको फिल्म ‘फ्रेन्ड्स विद बेनिफिट्स’ मा जस्टिन टिम्बरलेक र मिला कुनिस अभिनय दर्शकले डिजिटल प्लेटफर्ममै हेरे । यस रोमान्टिक कमेडी फिल्ममा देखाइएको बोल्ड सिनको कारण यसलाई पनि हल प्रदर्शनमा रोक लगाइयो ।

टेड
सन् २०११ मा रिलिज भएको फिल्म ‘टेड’ लाई सेथ मैकफरलानले निर्देशन गरेका हुन् । यस फिल्मलाई पनि देखाइएको अन्तरंग दृश्यले चर्चामा ल्याएको थियो ।
एन्टीक्रिस्ट
सन् २००९ मा रिलिज भएको फिल्म ‘एन्टीक्रिस्ट’ बोल्ड सिनकै कारण चर्चामा आएको थियो । फिल्मको सुरुवात नै अन्तरंग दृश्यबाट हुने भएकोले पनि यसफिल्मका दृश्य सेन्सरलाई काटन मुस्किल पर्यो र सार्वजनिक रुपमा हल प्रदर्शनको लागि भने इजाजत पाएन ।
बोराट
सन् २००६ मा रिलिज भएको फिल्म ‘बोराट’ पनि निकै चर्चा पायो । साचा बैरॉन कोहेन स्टारर यस फिल्मको पोस्टर नै विवादमा आएको थियो ।
शेम
सन् २०११ मा रिलिज भएको फिल्म ‘शेम’ पनि बोल्ड सिनकै कारण चर्चामा आयो । फिल्मलाई स्टीव मेकक्वीनले डाइरेक्सन गरेका हुन । माइकल फॉस्बेंडर र कारे मुलिगन स्टारर यस फिल्ममा सेक्स एडिक्टकै कथा देखाइएको छ ।
यसका साथै सन २०१३ मा रिलिज भएको फिल्म डॉन जॉन , सन् २००४ मा रिलिज भएको फिल्म सॉ र यूरोट्रिप पनि बोल्ड सिन कै कारण चर्चामा आए । यी फिल्मलाई हलमा हेर्न त बन्देज लगाइयो तर इन्टरनेटमा भने यी फिल्म नै सर्वाधिक हेरियो ।

 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : २५ बजे