८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रियालिटी शो ‘हिमालय रोडिज’ चौथो सिजन आउदै



३० साउन ०७८, काठमाडौं । नेपालमा पनि विस्तारै दर्शकको रोजाईमा परिरहेको एडभेञ्चर रियालिटी शो ’हिमालय रोडिज’को चौथो संस्करणको औपचारिक घोषणा भएको छ । दर्शक आकर्षणका लागि टेलिभिजनमा पछिल्लो समय रियालिटी शोहरु अनिवार्य झैँ भइसकेका छन् । यसलाई नै मध्यनजर गर्दै चौथो सिजन आउन लागेको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको यस शोको सिजनको थिम ’सिजन अफ सर्भाइभल’ राखिएको छ ।
यसका साथै यसपटक शोलाई सिमोश सुनुवारले निर्देशन गर्ने भएका छन् । यसअगाडीका सिजनलाई निर्देशन गरेका अमन प्रताप अधिकारी यसपटक शोमा छैनन् । नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित रहने सिजन ४ बाट निर्देशक बनेका सिमोशले बताए । कोरोना कहरपछि सुरक्षा मापदण्डको कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकोले आयोजक शुक्रबारबाटै डिजिटल अडिसन पनि सुरु गरेको छ ।
रोडिज सिजन ४ मा सहभागि जनाउन चाहनेहरुले ’हिमालय रोडिज’ एप्लिकेसनमा भिडियो क्लिप पठाउनुपर्नेछ या रोडिजको आधिकारिक फेसबुक पेजबाट पनि सिधै भिडियो पठाएर सहभागिता जनाउन सक्नेछन् । रोडिजमा ग्याङ्ग लिडरको रुपमा अभिनेता अनुपबिक्रम शाही, दिया मास्के, आशिष राना ’लाहुरे’, पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । भायकम १८ को लाइसेन्स मातहत यो कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ । चौथो सिजनमा डिजिटल अडिसनको समय २ सातालाई तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनको लागि बोलाउनेछ । कार्यक्रम आगामी असोज पहिलो साताबाट टेलिभिजनबाट प्रसारण हुनेछ । एजेन्सी : न्युज कारखानाबाट

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ३८ बजे