४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त




१ भदौ ०७८,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख झालाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
‘नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा तपाईलाई नेपालको प्रदेश नं. २ को प्रदेश प्रमुख पदबाट पदमुक्त गरेको छु,’ राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : १७ बजे