३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ दल खोल्न अब केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत




१ भदौ ०७८,काठमाडौं । सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३’ संशोधन गर्दै मस्यौदा तयार गरेको छ । मस्यौदामा नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने उल्लेख गरिएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलपछि मस्यौदामा २० प्रतिशत कायम गरिएको हो । यसअघि गृह र कानुन मन्त्रालयबाट मस्यौदा भएर जाँदा प्रतिशत राखिएको थिएन ।
अध्यादेशमा राजनीतिक दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्न चाहेमा सम्बन्धित सभामा सूचना दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।