४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय



१ भदौ ०७८,काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई पदमुक्त गर्नका लागि संसद सचिवालयमा पत्र दर्ता गरिएको हाे । संसद सचिवालयमा दर्ता गरेको पत्रको बोधार्थ निर्वाचन आयोगमा समेत पठाइएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी संसद सचिवालयमा पुगेर कारबाहीको पत्र दर्ता गराएका थिए । कारबाहीमा परेका नेताहरुमा वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : ३९ बजे