४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री नियुक्त




२ भदौं ०७८, हेटौडा । देशकै पहिलो महिला मुख्यमन्त्री रुपमा (एमाले)की उपाध्यक्ष अष्ठलक्ष्मीशाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन् । शाक्यले आज बुधबार नै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिइकीे छिन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेकी छिन् ।
नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान छन् । आजै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को ९क० बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिएको राजीनामा स्वीकृत गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ११ : २२ बजे