४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर



३ भदौं ०७८, काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र जसपा अध्यक्ष महन्त ठाक्रलाई पार्टी फुटाउन सहज हुने गरी सरकारले मंगलबार अध्यादेश जारी गरेको थियो ।  अध्यादेश जारी भएलगत्तै एमाले र जसपा विभाजित भएर नयाँ दल दर्ताको प्रक्रियामा गइसकेका छन् ।  व्यवस्थापिका संसदको चालु अधिवेशन मध्यरातबाट अन्त्य गरेर अध्यादेश ल्याइएकाले त्यस्तो अध्यादेश तत्काल रोक्न माग गर्दै रिट पेश भएको हो ।

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : १८ बजे