४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४० हजार ५ सय सक्रिय सङ्क्रमित



३ भदौं ०७८, काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ६ सय पाँच पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ ।

बिहीबार थप ३३ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय २९ पुगेको छ ।

अहिले ४० हजार पाँच सय जना सक्रिय सङ्क्रमित छन् । सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ५ : २० बजे