४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा



बोल्दै गगन थापा ।

१४ भदौ ०७८,काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
थापाले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे । इन्दारितापूर्वक प्रयत्न गरेर सम्भव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो ।
१३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । पोहोर दाङबाट उम्मेदवारी घोषणा गर्दा चुकेको थापाको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : १७ बजे