४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं आउने पृथ्वीराजमार्ग, अवरुद्धपछि एकतर्फी सञ्चालन




१५ साउन ०७८, काठमाडौं । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ५५ बजे