५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं कुलेश्वरबाट स्रोत नखुलेको ३० रुपैयाँसहित २ जना पक्राउ




१५ भदौं ०७८, काठमाडौं । प्रहरीले काठमाडौंको कुलेश्वरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार काठमाडौं महानगर १४ कुलेश्वर स्थित फलफुल बजारको स्टल नं. १८ मा फलफुल व्यापारी मिन प्रसाद गौतमले हुण्डी कारोबार गरेको गोप्य सुचनाको आधारमा वृत्त कालिमाटीवाट टोली परिचालन गरी यस पसलमा खान तलासी पछि पसलमा काम गरी बस्ने कर्मचारी रमेश तिमिल्सेनाले झोलामा राखी लुकाई राखेको अवस्थामा फेला पारी यसबारे सोधखोज गर्दा स्रोत खुलाउन नसकेको भन्दै नगद तिस लाख सात हजार रुपैया बरामद गरी अनुसन्धान तथा कारवाहिको लागी राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाएको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगर १४ कुलेश्वरमा फलफुल का ३४ बर्षीय मिनप्रसाद गौतम, रामेछाप सुनापती १ घर भएका काठमाडौं महानगर १३ कालीमाटी डेरागरी बस्ने २१ बर्षीय रमेश तिमिल्सेना रहेकोप्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।