४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खनाल निवासमा पनि पुगे प्रचण्ड



तस्विर : विष्णु सापकोटा

१६ भदौ ०७८,काठमाडौं । नेकपा एमालेबाट हालै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन् ।
भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी स्वदेश फर्केको पर्सीपल्ट माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो,’ सापकोटाले जानकारी दिएका छन, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’
खनाललाई डल्लुस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने प्रचण्ड पहिलो शिर्ष नेता हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ४८ बजे