२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ७९३ सहित नेपालमा थप २००४ जनामा कोरोना



१७ भदौं ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा ७९३ सहित नेपालमा थप २००४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७९३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५४१, ललितपुर १५२ र भक्तपुर जिल्लामा थप १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा देशका १ हजार ८४६ जना डिस्चार्ज भएका छन् । यस्तै, कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।