२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पर्यो रिट दर्ता, आइतवार पेसी




१७ भदौ ०७८, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ ।
कोभिड महामारीमा महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै मंसिरमा तोकिएको १४औं महाधिवेशन रोक्न वैद्यले माग गरेका छन् ।
रिटमा कांग्रेसको वैधता कानुनी रुपमा अझै एक वर्ष रहेको, माओवादी र एमालेको महाधिवेशन पनि धेरै समयदेखि नभएकाले कोभिड महामारीलाई हेरेर अहिले महाधिवेशन गर्न उपयुक्त नहुने तर्क गर्दै अन्तरिम आदेश माग गरिएको छ ।
१८ भदौबाट वडा तहदेखि शुभारम्भ हुन लागेको कांग्रेस केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा तय भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।