१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा थप चार सय ५३ सहित नेपालमा १ हजार ८९ जनामा कोरोना संक्रमण




२० भदौं ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा थप चार सय ५३ सहित नेपालमा थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ।

यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् भने १.४ प्रतिशतको मृत्यु भएको छ। बाँकी ४ प्रतिशत सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमितको संख्या देशभर ३१ हजार २४८ पुगेको छ। उपत्यकामा थप चार सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा दुई सय ८८, ललितपुरमा ९८ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै काठमाडौं उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।