८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरकी दलित महिलालाई बोक्सीको आरोपमा दिसा खुवाउने थिङ काँग्रेस वडा सभापति



निर्वाचित भएपछि खादा ओढाउदै पालिका अध्यक्ष तथा काँग्रेस नेता लोप्चन । तस्विर : लोप्चनको फेसबुकबाट

ललितपुर खबर
२२ भदौं ०७८, ललितपुर । एक दशक भन्दा अघि अपराधिक हर्कतपछि पक्राउ परेर सार्वजनिक मुद्दा खेपेकी दक्षिण ललितपुरस्थित वागमती ४ की विमला थिङ (लामा) राजनीतिकमा प्रवेश गरेकी छिन् । १३ वर्षअघि दलित महिलालाई बोक्सीको आरोप लगाई दिसा खुवाउने बिमला थिङ (लामा) काँग्रेसको वडा इकाइ सभापति निर्वाचित भएकी हुन् ।
वागमती गाँउपालिका ३ का वडाध्यक्षले सामाजिक सञ्जालमार्फ सोमबार भएको ललितपुरको बागमती गाउँपालिका वडा नं. ४ प्युटारको वडा अधिवेशनबाट उनी इकाइ सभापतिमा निर्वाचित भएको सार्वजनिक गरेका छन् । ०६५ चैत ७ गते लामाले प्युटारकी कल्लीकुमारी विकलाई बोक्सीको आरोप लगाउँदै दिसा खुवाउनुका साथै कुटपिट गरेको आरोपपछि प्रहरीले पक्राउ गरि मुद्दा नै चलाएको थियो ।
लामालाई बागमती गाउँपालिका, वार्ड (४ प्युटार, ललितपुरको काँग्रेसले पालिका प्रमुख बिर बहादुर लामा, तामाङ्ग संघको केन्द्रिय अध्यक्ष काँग्रेसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य कबेल बहादुर लामा, तरुण दलका जिल्ला नेता सुन बहादुर लामा ९सोना०, वार्ड अध्यक्ष बिष्णु तिमिल्सेना लगायतका नेताहरुको सिफारिसमा पछि वडा इकाइ सभापति हुन सफल भएको श्रोतले जानकारी दिएको छ । यसै सन्दर्भमा केही समयअघि काँग्रेस केन्द्रिय नेता डा। मिन बिश्वकर्माले भने काम गर्ने बातावरण नभएको भनि केहि दिन अगाडी मात्र पार्टीको जिम्मेवारीबाट राजिनामा दिएको कुरा सार्बजनिक भएको थियो ।
सोमबार सम्पन्न बागमती गाउँपालिकाको सात वटै वडामा सर्वसम्मत रुपमा कांग्रेस वडा सभापतिहरु निर्बाचित भएको कांग्रेसका स्थानीय नेता विष्णु प्रसाद तिमल्सिनाले सामाजिक सञ्चाल मार्फत जानकारी दिएका छन् । उनका अनुसार वडा न १ घुसेल सभापति गोविन्द गौतम, वडा न २ माल्टा सभापति रामबहादुर लामा, वडा नं. ३ भट्टेडाडा सभापति गोविन्द दाहाल, वडा न ४ प्युटार सभापति विमला लामा, वडा न ५ इकुडोल सभापति दिपक सिँगार, वडा न ६ आश्राङ सभापति नारायण भोम्जन र वडा न ७ गिम्दी सभापति दिनेश राना मगर निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : १२ बजे