११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज संसद बैठक, एमाले आक्रमक रुपमा प्रस्तुत हुन सक्ने




२३ भदौ ०७८,काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो ।
सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशलाई संसदमा पेश गर्ने सम्भावित कार्यसूचीमा राखेको छ ।
गत ३२ साउनमा संसद स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजनको लागि ढोका खुल्ला गरिदिएको थियो ।
गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसदलाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।