२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘गैरसांसद’लाई प्रवेश गराउन खोजेको आरोप लगाउँदै एमालेले संसद अवरोध गर्ने



संसद अवरोधको फाइल तस्विर

२३ भदौ ०७८,काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति रोष प्रकट गर्दै संघीय संसद् अधिवेशन चल्न नदिने भएको छ ।
एमालेले कारबाही गरेका १४ सांसदलाई निष्कासन नगरेकाप्रति आपत्ति जनाउँदै आएको एमाले संसदीय दलको बैठकले अधिवेशन चल्न नदिने भएको हो ।
एमालेले निष्कासनका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेको प्रसंग जोड्दै एमाले अध्यक्ष केपी ओलीले ‘गैरसांसदलाई संसद् भित्र प्रवेश गराएमा’ संसद्मा अवरोध गर्ने घोषणा गरेका छन् ।
अपरान्ह ४ बजे संसद् अधिवेशन बस्नुअघि नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सो निणर्य गरेको हो । संसद्को नवौं अधिवेशन आजबाट सुरु हुँदैछ ।न्युजकारखाना

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।