५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज पनि प्रतिनिधिसभा बैठक बस्दै



२५ भदौ ०७८,काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ४९ बजे