११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका तीन सय ५४ जना



२५ भदौ ०७८,काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौं उपत्यकामा अहिले छ हजार पाँच सय ५४ सक्रिय संक्रमित छन्। काठमाडौंमा तीन हजार चार सय २८, ललितपुरमा एक हजार ९ सय ३४ र भक्तपुरमा एक हजार एक सय ९१ संक्रमित छन्।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।