५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स¥यो एमालेको विधान महाधिवेशन




२६ भदौ ०७८,काठमाडौं । एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए ।
यसअघि महाधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म तोकिएको थियो । उनले समय अभाव र दस्तावेजको तयारी गर्नुपर्ने भएकाले महाधिवेशन सारेको बताएका छन् ।
विधान महाधिवेशनको तयारीका लागि आगामी असोज ३ र ४ गते स्थायी कमिटी र असोज ८ र ९ गते केन्द्रीय कमिटी बस्ने छ । यस्तै बैठकले अविधेशनका लागि तीन हजार प्रतिनिधि हुने निर्णय गरेको छ ।
को–को प्रतिनिधि
विधान महाविधेशनका लागि केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारीहरू, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहाकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय विभागबाट १५ जनाको सहभागिता, प्रदेश कमिटी र सो सरह मान्यता पाएका कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी र सदस्यले प्रतिनिधिको रूपमा सहभागि हुन पाउने व्यवस्था गरिएको छ ।
यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना सदस्य र एक जना महिला सदस्य तथा एक जना दलित सदस्यले भाग लिने छन् । पार्टीका सवै जनवर्गिय सङ्गठनबाट १० जनाले पनि विधान महाधिवेशनमा भाग लिन पाउने छन् ।
त्यस्तै प्रतिनिधी सभा र राष्ट्रिय सभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखमा पनि प्रतिनिधिको रूपमा सहभागि हुन पाउनेछन् । एमालेले कूल प्रतिनिधिको १० प्रतिशत प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था गरेको छ । न्युज कारखाना

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : १८ बजे