५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बिना निष्कर्ष टुंगियो सत्तारुढ गठबन्धनको बैठक



२७ भदौ ०७८, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तारको विषयमा केही टुङ्गो नलागेको बताए । महामन्त्री खड्काले बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताए ।
उनका अनुसार बैठकमा सैद्धान्तिक विषयमा सहमति भए पनि प्राविधिक विषयमा टुङ्गो लाग्न बाँकी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : १२ बजे