५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पछिल्लो २४ घण्टामा ९११ जना सङ्क्रमित थपिए



२७ भदौ ०७८, काठमाडौँ ।  नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९४९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४४९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी आइतबारसम्म २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४५४ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १४० जना भेन्टिलटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २५ हजार १७१ जना होम आइसोलेशनमा र १५ सय ८६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ३२१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ३४ बजे