३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड भन्छन्, ‘आउँदो निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ’



३० भदौ ०७८,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनपछि आफ्नो पार्टी पहिलो बन्ने बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।

उनले अहिलेको गठबन्धन (कांग्रेस–माओवादीएकीकृत समाजवादी र जसपाबीचको गठबन्धन) निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे।

देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।