१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पुल्चोकको समय फल्चा निर्माण पसललाई बाधा परेको मुद्दा परेपछि रोकियो 




३१ भदौ ०६८, ललितपुर । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस सहकारी अगाडि निर्माणाधिन समय फल्चाको पुनर्निर्माण रोकिएको छ । अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिँदै निर्माण रोकेको हो ।
निर्माणस्थलसँगै रहेको लालीगुराँस सहकारी भवनमा रहेका पसलमा व्यापार गर्ने व्यक्तिले आफूलाई असर परेको भन्दै मुद्दा दायर परेपछि अदालतले अन्तरकालीन अन्तरिम आदेश दिएपछि निर्माण कार्य रोक्नु परेको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरका मेयर चिरिबाबु महर्जनले यो फल्चा अदालतको आदेश अनुसार नै निर्माण गरिरहेको बताएका छन् । तर लाली गुराँस सहकारीले अदालतले नियमानुसार गर्नु भन्ने आदेश दिएकोले नियममा यो ठाँउ सडक मापदण्डभित्र पर्ने दावी गर्दै आएको छ ।
श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ११ मिटर सडक मापदण्डभित्र रहेको बताए ।


गत भदौ १ गते जिल्ला अदालत, ललितपुरले फल्चा निर्माण रोक्न ‘अन्तरकालीन आदेश’ दिएको थियो । तर अदालतले गत असार २३ गते अन्तरकालीन आदेश खारेज गरेपछि महानगरले शिलान्याश गरेर फल्चा निर्माण सुरु गरेको थियो ।
फल्चा निर्माण सुरु भएपछि लाली गुराँस डेरीको काउण्टर र कार्पेट पसलको बाटो थुनिएको थियो । यद्यपी बाटो थुनिए पनि पसल भने खुल्लै राखिएको देख्न सकिन्थ्यो ।
यो फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा रहेको स्थानीय बासिन्दा बताउछन् । यहाँ मच्छिन्द्रनाथको रथ तान्ने बेलामा समयबजी खाने गरिएको स्थानीयहरुको भनाई छ ।
तर पछिल्लो समय यो ठाँउ फुटपाथको रुपमा प्रयोग हुँदै आएको थियो । पुल्चोकजस्तो व्यस्त सडकमा फल्चा निर्माणपछि लगभग ५  फुटको फुटपाथ मात्रै बचेको छ ।
फल्चा निर्माणपछि एकातिर फुटपाथ साँघुरो भएको भन्दै स्थानीयबासीले दुखेसो पोखेका छन् भने अर्कोतर्फ ऐतिहासिक फल्चा जसरी पनि बनाउने अभियान स्थानीयले चलाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।