५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा १,५५८ कोरोना संक्रमित थपिए, उपत्यकामा ३९७



१ असोज ०७८, काठमाडौं  । काठमाडौं उपत्यकामा ३९७ सहित नेपालमा थप १,५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ हजार ३८५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । त्यस्तै, आज १ हजार ३५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ३९७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४४४ पुगेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ५७ बजे