११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म (९०३ जनाको नामसहित)




३ असोज ७८,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।
नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हो ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

https://www.lalitpurkhabar.com/wp-content/uploads/2021/09/Padak.pdf
२९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन् ।

Pad
सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ ।
उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पद्वी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन् ।
प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिएको छ। न्युज कारखाना

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।