११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २४१ जनासहित नेपालमा ७३४ जनामा कोरोना संक्रमण



३ असोज ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा २४१ जनासहित नेपालमा ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।

देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २२ हजार ८६४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ४४९ संक्रमित छन् भने ३९० जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा २४१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ संक्रमित थपिएका हुन् ।

हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ९५६ रहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।