५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ५६४ सहित नेपालमा थप १४७८ जनामा कोरोना संक्रमण



काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा ५६४ सहित नेपालमा थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९३० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३७८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७ जनाको पिअिसार परीक्षण गर्दा १ हजार २५१ र तीन हजार २८६३ जनाको एन्टीजेन परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ६३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १९ हजार ८०५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३३४ संक्रमित छन् भने ३३४ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ५६४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ संक्रमित थपिएका हुन्।

यस्तै काठमाडौं उपत्यकामा ५२२६ सक्रिय संक्रमित छन्। योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २९२९, ललितपुरमा १३७० र भक्तपुरमा ९२७ रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ४४ बजे