८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराही अस्पतालको कोरोना परीक्षण प्रयोगशाला भाडाको सटरमा



ललितपुर खबर
९ असोज ०७८, चापागाँउ। ललितपुर बज्रवाराही चापागाँउ अस्पतालमा शुक्रबार अपरान्ह वागमती प्रदेशका स्वास्थ्यमन्त्री अस्पताल प्रदिपकुमार कटुवालले अक्सिजन प्लान्टसँगै पिसिआर प्रयोगशालाको भाडाको सटरमा पुगेर शुभारम्भ गरे ।


अस्पतालमा ठाँउ अभावका कारण कोरोना परिक्षण जस्तो संवेदनशील प्रयोगशाला भाडाको सटरमा राखिएको छ ।
कोरोना परिक्षण गर्ने ठाँउ बज्रवाराही प्याङ्गाँउ सडककाो सटरमा राखिएको भन्दै एक स्थानीयले आफूहरुलाई कोरोना सर्ने हो कि भन्ने त्रास रहेको गुनासो गरे । कोरोना माहामारीमा अस्पतालको प्रयोगशाला घना बस्तीमा सटर भाडामा लिन नहुने उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा मन्त्री कटुवालले पिसिआर मेसिन धुलिखेल अस्पतालका डा. नारायण कार्कीको सहयोगमा २ दिनभित्र ल्याई सटर भाडामा लिएर जडान गरिएको मन्त्री कटुवालले बताए ।
कार्कीका अनुसार यो पिसिआर मेसिन बज्रवाराही चापागाँउ अस्पतालको भने होइन । यो मेसिन धुलिखेल अस्पतालबाट चालु अवस्थामा रहेको मेसिन यहाँ ल्याइएको हो । यो मेसिन राख्नका लागि ५० हजार भाडा तिरेर राखिएको छ ।
अस्पतालका डाक्टर कार्कीले यो मेसिन धुलिखेल अस्पतालको भएको बताए । उनले भने, अस्पतालले टेण्डरपछि नयाँ मेसिन ल्याएपछि हामी यो मेसिन लैजान्छौं ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले अस्पतालको अवस्था गोलमाल रहेको बताए । उनले भने,प्रदेश सरकारबाट कर्मचारी ल्याउन सकेको छैन । प्रदेशका नियुक्त अध्यक्ष चरसुन्दर महर्जन मात्रै छन् ।
बाहिरबाटै अस्पताल अस्पताल जस्तो नरहेको गुनासो गरे । उनले अस्पतालमा परिसरमा ७ तलाको भवन बनाउन सकिने र प्रदेश सरकारले बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे काम सुरु गर्ने बताए ।
प्रदेश स्वास्थ्यमन्त्री कटुवालले अस्पतालमा प्रदेश सरकारले कोरोना प्रयोगशाला निर्माणका लागि भवन बनाउने वचन दिए ।
गोदावरी नगरपालिकाका मेयर जगेन्द्र महर्जनले अस्पतालमा विरामीको चाप बढेको बताए । अस्पताल सानो स्वास्थ्य चौकीजस्तो संरचना रहेको गुनासो गर्दै जग्गा अभावका कारण केपी ओलि नेतृत्वको सरकारले शिलान्याश गरेको अस्पतालको भवनको काम अघि बढ्न नसकेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ३९ बजे