२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह



१० असोज ०७८, काठमाडौं ।  सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकमा  नेताहरुले सरकारलाई पूर्णता नपाउँदा गलत सन्देश गएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ । दल विभाजनका लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद हुँदा सरकारले नै पूर्णता पाउन नसकेको हो ।

अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान जनता समाजवादी पार्टी (जसपा) को रहेकाले सरकारले पूर्णता पाउन नसकेको हो । उक्त अध्यादेश भने २३ भदौमा प्रतिनिधिसभामा टेबल गरिएको छ ।

अध्यादेशको टुंग्गो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुसँग मागेका थिए ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।