२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अवौं अ्रष्टाचारको आरोप लागेका शर्मालाई रु ५० लाख धरौटी माग



१२ असोज ०७८, काठमाडौं । विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा अर्वौ भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग रु ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले सोमबार थुनछेक बहसपछि धरौटी माग गर्ने आदेश गरेको हो । कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचारको आरोप लागेका शर्मालाई अदालतमा हाजिर गराएर थुनछेक बहसपछि धरौटी माग गरिएको हो ।

आदेशमा भनिएको छ, “प्रतिवादीउपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४÷८÷५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउपर दायर भएको प्रस्तुत पुरक आरोपत्रबाट सृजना हुनसक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चूडामणि शर्मा ढकालबाट रु ५० लाख धरौट माग गरिएको छ ।”
आदेशमा प्रतिवादीले कर फछ्र्योट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट अहिले नै निर्दोष हुन् भन्न सकिने स्थिति नदेखिएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध रु एक अर्ब ३३ लाख बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो । अख्तियारको अभियोग पत्रमा शर्मासहित कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो ।
महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिई अदालतको आदेशबमोजिम जनही रु ५०÷५० लाख धरौटी बुझाएर आइतबार नै रिहा भएका हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।