२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


साहस ऊर्जाको आईपीओ आइतबार बाँडफाँड हुने



१५ असोज ०७८, काडमाडौं । साहस उर्जा लिमिटेडलेको प्राथमिक शेयर (आइपीओ) प्रि अलोटमेन्ट  सम्पन्न भएको छ । कम्पनीले आइतबार प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाउने र उताबाट स्वीकृति आएमा आइतबार बाँडफाँड गर्ने सम्भावना रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएकाे छ ।

कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो ।

आइपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार हिजो साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन हो ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।