५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ८ सय ६७ जनामा कोरोना संक्रमण



१६ असोज ०७८,काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ६७ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जना गरी ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय ६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २ सय ५५ जना रहेका छन् । त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार यसै अवधिमा १ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ४२ रहेको छ । जसमध्ये १६ हजार ३ सय ७१ जना होम आइसोलेसनमा र १ हजार २ सय ७१ जना संस्थागत आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा रहेकामध्ये ३ सय ५० जनाको आईसीयूमा र १ सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ५ : ३८ बजे