५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने



काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर

१७ असार ०७८, ललितपुर । नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथिको जवाफ सुरु भएको छ । ललितपुर, गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी महाविधेशनमा अहिले १० वटा समूहगत छलफलपछि विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा जवाफ दिने क्रम सुरु भएको छ ।
महाविधेशनमा विधान संशोधनमाथि समूहगत रुपमा उठेको सुझावको जवाफमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले १५ जना पदाधिकारीको व्यवस्था भएको बताएका छन् । उनका अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना उपमहासचिव र सात जना सचिवको व्यवस्था गरिएको छ ।
यसअघि विधान संशोधन प्रस्ताव पेश गर्दै एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो । एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । महानगरपालिकामा १०१ नगरकमिटी, उपमहानगपालिकामा ८५, नगरपालिका र गाउँपालिकामा ७५ कमिटी रहने उनले जानकारी दिएका छन् ।
उनले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने बताए । लेखा परीक्षण आयोगको नाम लेखा आयोग भएको छ । सुझावको आधारमा जवाफ दिने क्रममा प्रत्येक प्रदेशमा ५० जनाको कमिटी रहने उनले जानकारी दिएका छन् । आजै राजनीतिक प्रतिवेदनमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र साङ्गठनिक प्रतिवेदनमाथि महासचिव इश्वर पोखरेलले जवाफ दिने छन् । उनीहरुले प्रतिवेदनमाथि जवाफ दिइसकेपछि महाधिवेशनले तीनवटै प्रतिवेदन पारित गर्ने भएको पनि बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ०२ बजे