१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा दशै र तिहार ढुक्कसँग मनाउन सिडियोहरुको आग्रह



१८ असोज ०७८, काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका पर्वहरु ढुक्कसँग मनाउन उपत्यकाका तीनै जिल्लाका सिडियो लगायत सुरक्षा निकायहरुले आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।
चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणहरु ठगिने र असुरक्षित हुने हुँदा सोही विषयलाई मध्यनजर गर्दै तराई विकास तथा सञ्चार केन्द्र नेपालले ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यो कुरा बताएका हुन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द रिजालले प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको जानकारी दिए ।
चाडपर्वको बेला सर्वसाधारणहरु ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता अपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधारणहरुले सुरक्षाको अनुभूति गर्न सक्ने उनको भनाई थियो ।
चाडपर्वको बेला आवत जावत् गर्ने यात्रुहरुको संख्या बढ्ने हुँदा उनीहरुलाई ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा उनीहरुलाई लक्षित हेल्पडेस्कको व्यवस्था गरेको जानकारी दिए।
उनले भने‘नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका ठाउँहरुमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ ।’
उनले चाडपर्वको बेला आर्थिक अपराध लगायत विभिन्न अपराधिक घटनाहरु घट्ने भएकाले काठमाडौमा सुरक्षा व्यवस्था कडा बनाईएको जानकारी गराउँदै त्यस्ता कार्यहरु रोक्न प्रहरीलाई सक्रिय रुपमा परिचालन गरिएको बताए।
उनका अनुसार प्रहरी बृत्तहरुबाट समेत घरदैलो कार्यक्रम गरि सबै ठाउँको बस्तुस्थितिको जानकारी लिएको र अपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गर्ने व्इवस्था मिलाइएको छ ।
उनका अनुसार काठमाण्डौको हरेक ठाउँहरुमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । उपत्यकाको सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि काठमाडौ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुबीच समन्वय गरिएका छ ।
चाडपर्वमा उपभोक्ता हित विपरितका कार्यहरु समेत बढ्ने भन्दै उपभोक्ता हित संरक्षणका लागि सञ्चालित भएका सबै सरकारी तथा गैरसकारीसँग समन्वय हुनुपर्नेमा उनको जोड थियो । उनले स्थानीय पालिकाहरुले २०७२ सालको संविधानबाट प्राप्त अधिकारको प्रयोग गर्दे बजार अनुगमनका कार्यलाई तीव्रता दिनका लागि सुझाव दिएका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यस चाडपर्वको वेलामा हुने अनुगमन लागायतका बिषयमा उपभोक्ता मंच नागरिक समाज लगायतले मात्र आवाज उठाउने गरेकामा सञ्चार केन्द्र जस्तो सञ्चार क्षेत्रको संस्थाले आवाज उठाएर अन्तर्किया आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै उहाले ललितपुर प्रशासनले चाडवाडमा मात्र नभएर सधै शान्ति सुरक्षाको ब्यबस्थापन गर्दै आएको बताए ।
उनका अनुसार अहिले प्रत्यक्ष अनुगमन संघिय कानुनले स्थानियतहलाई जिम्मा दिएको अबस्थामा समेत प्रशासनले स्थानिय निकायसँग समन्वयबाट तथा अन्य कानुनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तिब्रता दिएको बताउदै उनले ललितपुर बाशीलाई ढुक्कसँग चाडपर्व मनाउन आग्रह समेत गरे ।
भक्तपुरकी सिडियो रुद्रादेवी शर्माले भक्तपुर जिल्लामा चोरी, ठगी लगायत लागु औषध दुव्र्यसनी, महिला हिंसा, करणी लगायतका गलत कार्यहरु भएको जानकारी दिइन् । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरी परिचालनलाई तीव्रता दिएको उनको भनाई थियो ।
उनले नेपालीहरुको महान् पर्व लक्षित सुरक्षा योजना समेत अगाडि बढाएको जानकारी दिए । भाटभटेनीलाई हिजोमात्र बढी मुल्यमा चिनी बिक्री गरेको पाहिएकाले ५० हजार जरिवाना तिराएको जानकारी दिए । उनले चाडपर्वको समयमा सार्वजनिक सवारीमा महिलामाथी हुने हिंसाजन्य घटनालाई पनि निराकरण गर्न प्रहरी परिचालन गरिएको जानकारी बताए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतले चाडपर्वमा आम मानिसको शान्ति सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि प्रधानमन्त्री कार्यालयले विभिन्न निर्णयहरु गरी सम्बन्धित सबै मन्त्रालय, विभाग र कार्यालयहरुलाई निर्देशन दिएको बताए ।
बाणिज्य तथा उपभोक्ता हकहित संरक्षण बिभागका निमित्त महानिर्देशक शिवराज सेढाईंले बिभागले अनुगमनको कार्यलाई बर्षभरीनै गर्दै आएकोमा चाडपर्बको बेला थप जनशक्ती ब्यबस्थापन गरी अनुगमन सक्रियताका साथ अगाडी बढाएको बताए ।
कार्यक्रममा उपत्यका प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तर्जुमा परेको बताए । चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागु औषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारी जस्ता अपराधिक घटनाहरु घट्ने भएकाले त्यस्ता अपराधिक घटनाहरु न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको जिकिर गरे ।
कार्यक्रममा बोल्दै उनले चाडपर्वको बेला थप ४ हजार ५ सय जना प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार मोबाइल र एसएनएसको प्रयोग गरिएको छ, सादा पोसाकमा प्रहरी खटाइएको छ । गस्ती बढाइएको छ, हेल्प डेस्क राखिएको छ भने मापसे चेकिङ्गलाई तीव्रता दिइएको छ, आशा छ हाम्रो प्रयासका कारण शान्ति सुरक्षामा अमन चयन हुनेछ ।
उहाँले अपराधिक घटना घट्नेवित्तिकै उपत्यकाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी पुग्ने गरि व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कुनै पनि सर्वसाधारण समस्यामा पर्नुभयो भने नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्नुहोस् ।’
उनले यात्राको क्रममा महिला तथा बालबालिकाहरुले यौनजन्य हिंसा घट्ने गरेको प्रसङ्गमा बोल्दै भन्नुभयो–‘महिला तथा बालबालिकाहरुलाई यौनहिंसा लगायतका र्दुव्र्यवहारबाट जोगाउनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ, ढुक्क भएर यात्रा गर्नुहोस्, चाडपर्व मनाउनुहोस् ।’
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका उपनिर्देशक शिवराज सेँढाईले उपभोक्ताको हित संरक्षणमा विभाग सक्रिय भएर लागेको दाबी गरे । उनले विभागले चाडपर्वको बेला हुने कालाबजारी र मूल्यबृद्धि नियन्त्रणका लागि अनुगमनलाई तिव्रता दिएको र गल्ती गर्नेलाई कानुन अनुसारको कारबाही गरिएको जानकारी दिए ।
नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा तेलको माग बढ्दो मूल्यबृद्धि भएको जानकारी दिए । उनको पछिल्लो समय विश्व बजारमै तेलको मूल्यबृद्धि भएको छ विश्व बजारमा मूल्यबृद्धि हुँदा नेपाल आयल निगमले भने बजारमा घाटा खाएर तेलको आपूर्ति गरेको दाबी थियो ।
‘आयल निगमलाई मासिक ३ अर्ब घाटा रहेको छ, सो घाटा हामीले मूल्य स्थिरिकरण कोषबाट पूर्ति गरिरहेका छौँ’ भन्दै उहाँले छिट्टै मूल्य समायोजन नभएमा कोषमा भएका १२(१३ अर्ब सकिने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आयल निगमले घाटा नै खाएर भएपनि बजारमा गुणस्तरीय तेलको आपूर्ति भने गरिरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा उपभोक्तावादी प्रेमलाल महर्जनले स्थानीय सरकारहरुले २०७२ को संविधानले नै व्यवस्था गरेको अधिकार अनुसार उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य गर्न नसकेको बताएका थिए ।
स्थानीय सरकारहरुले समेत उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता राख्नुपर्ने भएपनि जनप्रतिनिधिहरुबाट उपभोक्ताको हितमा कुनै काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय किन मूल्यबृद्धि भईरहेको छ रु भन्ने प्रश्न समेत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईले गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १४ बजे