५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अस्पतालबाट घर फर्के नेता नेपाल



१८ असोज ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्किएका छन् ।
उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्किएको जानकारी दिएकाहुन् । स्वकीय सचिवका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नुहुनेछ ।
यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ३५ बजे