२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप १०३० जनामा कोरोना संक्रमण



१८ असोज ०७८,काठमाडौं । नेपालमा थप एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।
देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार १५२ संक्रमित छन् भने ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।