२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा प्रतिपक्षी दलको अवरोध कायमै, अर्को बैठक असोज २२ गते बस्ने



१९ असोज ०७८, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर सकिएको छ ।

मंगलबार दिउँसो १ बजेबाट शुरु भएको बैठकमा सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिएका थिए ।

कानुन मन्त्री कार्कीले सो प्रतिवेदन पेश गर्नुभएसँगै ८ मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको हो । अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएकाे छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेका थिए । अवरोधकै बीचमा सभामुख सापकोटाले बैठक सुचारु गरेका थिए।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।