११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गणेशमानको छोराको प्रश्न, ‘के हामीले सधैँ झोला बोकेर हिँड्नुपर्ने ?



२० असोज ०७८, काठमाडौं । गणेशमानका छोरा प्रकाशमानले भने‘के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
गणेशमान सिंहका छोरा तथा काँगैस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सधैआफूहरु अरुको झोला बोकेर हिड्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।
नेपाली कांग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आज बुधबार बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यसपल्ट आफू सभापति पदमा लड्ने बताएका छन् ।
उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको गुनासो पोखेका छन् । पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनको आरोप थियो ।
‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन,’ उनले भने ।
पार्टीलाई संस्थागत गर्नुपर्ने बताउदै कांग्रेसमा गुट नै गुट रहेकोतर्फ संकेत गर्दै ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको उनको भनाई थियो ।
जनताले खोजेजस्तो नेपाली कांग्रेस १४ औं महाधिवेशनपछि आउने सिंहको धारणा थियो ।
उनले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै भने ‘त्याग नै त्याग भनेर मात्र हुन्छ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’
आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए । ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुप¥यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुप¥यो। पार्टी संस्थागत गर्नुप¥यो। जनतालाई सहयोग गर्नुप¥यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’
उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।