२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा चार सय ४० सहित नेपालमा थप १०४३ जनामा कोरोना संक्रमण




२० असोज ०७८, काठमाडौं । नेपालमा आज १०४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ जनाको मृत्यु भएको छ । यो समेत गरी हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।

आज ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार १६५ पीसीआर तथा ४ हजार ३०० एन्टिजेन परीक्षण भएको छ। काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।