४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भक्तपुरमा बजार अनुगमनपछि कालोबजारीको आरोपमा दुई पसललाई जरिवाना



२० असोज ०७८, भक्तपृुर । दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आज बुधबार गरेको बजार अनुगमनमा दुई पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, सूर्यविनायक नगरपालिका, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालो बजारी गर्ने दुई पसललाई कारबाही गरी २० हजार जरिवाना लगाइएको अनुगमन टोलीका सहभागी एवं सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिएका छन् ।
अनुगमनको क्रममा टोलीले म्याद नाघेको घ्यू, विभिन्न ब्राण्डका पेय पदार्थ, दही, बिस्कुट, क्यान जुस, जाम, अचार गरी रु १६ हजार बराबरको नष्ट गरेको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल झिङ्गा भन्केको, बासी र गन्हाउने मासु बिक्री गरेको पाइएको छ ।
नगरपालिकाको ब्रह्मायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको अनुगमनमा पशु बधशाला र मासु पसल न्यूनतम मापदण्ड पनि पूरा नभएको, दर्ता नगरेको, गन्हाउने मासु र सुकाएको मासु एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको अनुगमन निरीक्षक रामप्रसाद प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।