२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरका तीन स्थानीय तहमा स्वास्थ बीमा कार्यक्रम



२५ असोज ०७८,ललितपुर । स्वास्थ्य बीमा बोर्डले ललितपुर जिल्लाको तीन वटा स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ । बोर्डले ललितपुर जिल्लाको बाग्मती, माहाकाल र कोन्जोसोम गाउँपालिमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो ।

आइतबार बोर्डले कार्यक्रम आयोजना गरेर संयुक्त रुपमा तीन वटै स्थानीय तहमा सुरुवात गरेको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। दीपेन्द्ररमण सिंह र बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौला सहित स्थानीय प्रमुखहरुको सहभागिता थियो । प्रमुख अतिधि सिंह र कार्यकारी निर्देशक बसौलाले तीन वटै गाउँपालिका प्रमुख र उपप्रमुखलाई स्वास्थ्य बिमाको सदस्यता कार्ड वितरण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन् ।

बोर्डले तीन वटै तहमा दर्ता सहयोगी खटाइसकेको छ । उनीहरुले आइतबारदेखि स्वास्थ्य बीमा गराउन सुरु गरिसकेका छन् । शुभारम्भ कार्यक्रममा प्रमुख अतिधि सिंहले स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रहेको बताए ।

ललितपुरमा कार्यक्रम सुरु भएसँगै देशभर ७६ जिल्लामा यो कार्यक्रम लागु भएको छ । ७५३ स्थानीय तह मध्येमा ७ सय ३९ स्थानीय तहमा यो कार्यक्रम लागु भएको हो । यो कार्यक्रम लागु हुन एक मात्र जिल्ला काठमाडौं बाँकी छ । बोर्डले ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा कार्यक्रम सुरु गर्दैछ । बोर्डले काठमाडौं जिल्लाको दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी नगरपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम छिट्टै सुरु गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।