१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


टर्कीकी महिला संसारकै अग्ली महिला




३० असोज ०७८,काठमाडौं । टर्कीकी रुमेसा गेल्गी संसारकै सबैभन्दा अग्ली महिला प्रमाणित भएपछि गिनिज बुकमा नाम लेखाएकी छिन् । रुमेसालाई ७ फुट अग्ली भएको प्रमाणपत्र गिनिज बुक अफ वल्र्ड रेकर्डले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
एजेन्सीहरुका अनुसार टर्कीको काराबुक प्रान्तकी गेल्गीको सरीरको उचाइ ७ फिट ०.७ इन्च रहेका र उनको सरीरको उचाइ यति धेरै हुनुको कारण उनमा रहेको दुर्लभ रोग हो । उनको तौल वेभर सिन्डोम भन्ने रोगका कारण बढेको बताइएको छ ।
उनलाई धेरै उचाइका कारण हिँडडुल गर्न गाह्रो छ । त्यसैले उनले ह्वीलचेयर र बैशाखी प्रयोग गरेहिड्ने गरेकी छिन् । जारी तस्विरमा रुमेसा गेल्गी े ह्वीलचेयरको आडमा प्रमाण पत्र लिएको तस्विर जारी गरिएको छ ।
उनले सन् २०१४ मै विश्वकी सबैभन्दा अग्ली जीवित किशोरीको रुपमा पहिलोपटक गिनिज बुकमा नाम लेखाएकी थिइन् ।
अहिलेसम्म सबैभन्दा अग्ली महिलाको कीर्तिमान भने चीनकी जेंग जिनलियानको नाममा छ । हुनान प्रान्तकी जिनलियानको उचाइ ८ फिट १ इन्च थियो । उनको सन् १९८२ मा मृत्यु भएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ११ बजे