५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार १ सय ४७ जनामा मात्रै कोरोना संक्रमण




३० असोज०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ४ सय ४६ जनाको पीसीआर गर्दा १ सय ३६ र ३ सय २७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त १४७ सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६ सय ५२ पुगेको छ । १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना सङ्क्रण देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय सय ४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५ सय ९८ छ । त्यसमध्ये ११ हजार ५ सय ४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये ३ सय ७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ५९ बजे