११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार ३ सय ९१ जनामा कोरोना सङ्क्रमण




३१ असोज ०७८, काठमाडौं । आइतबार गएको २४ घण्टामा ३ सय ९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९ सय ६६ पीसीआर परीक्षणका क्रममा ३ सय ८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३ सय ९९ पुगेको छ । हाल १२ हजार २ सय ९७ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ३१ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप छ को मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार २ सय ८४ को कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी आज ६ सय ८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ८१ हजार ४ सय ५६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।