११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धारका लागि निजी हेलिकोप्टर पनि प्रयोग गरिने



३ कार्तिक ०७८, काठमाडौं । सरकारले अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ।

हालसम्म नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि नीजि कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो।

मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढी र पहिरो तथा डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि नीजि हेलिकोप्टर पनि ‘स्टायण्डबाई’ राख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बुधबार गृहसचिव टेकनारायण पाण्डे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठकमा यस्तो निर्णय भएको हो।

बैठकमा वर्षात् निरन्तर भइरहेको र सेनाको हेलिकोप्टरले मात्रै विपद्मा परेकाहरूको खोज तथा उद्धारमा संभव नहुने भएकाले नीजि हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको हो।

निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपद्मा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।