५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीपिडितको उद्धारलाई पुग्यो हेलिकप्टर थलारा



तस्विर श्रोत : आशा विक

३ असोज ०७८,बझाङ । आइतबार साँझदेखिको निरन्तरको वर्षाले बझाङका सबै स्थानीय तहमा क्षति पुगेको छ । वर्षाका कारण थलारा गाउँपालिका ४ डिक्लाका सार्की परिवारका १९ र पार्की परिवारका चारजना बेपत्ता भएका छन् । झण्डै ७२ घण्टापछि पीडितको उद्धारका लागि औषधिसहित हेलिकप्टर बझाङ्को थलारा पुगेको छ ।
त्यस्तै १७० घर विस्थापित भएका छन् । उनीहरु अहिले नजिकै रहेको त्रिभुवन माविमा बसिरहेका छन् । सात घर पूर्णरुपमा पुरिएको छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि राहत सामग्री र औषधि लिएर घटनास्थल थलारा पुगेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : २० बजे